झाँक्रीको प्रश्नः एमसीसी पास गर्न कन्दनी कसेका ओली किन एमसीसीको विरोध गदैछन् ?
भन्छिन्– एमसीसी भन्दा महाकाली सन्धि ठूलो राष्ट्रघात

सुनसरी । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले हिजो एमसीसी पास गर्न कस्सिएका एमाले अध्यक्ष केपी ओलीले आज एमसीसीको विरोध गर्नु हाँस्यास्पद भएको टिप्पणी गरेकी छन् ।
शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले एमसीसी पास गर्न हिजो ओली कस्सिएर लागेको दाबी गरिन् ।
‘खडग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुक्र्याएर लागि परेको मान्छे आज एमसीसीको किन विरोध गर्दैछन्, झाँक्रीको प्रश्न थियो ।
एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावल एमसीसीको बिरोधमा उत्रिएको भन्दै झाँक्रीले उनीहरुको चर्को आलोचना गरिन् ।
महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्ने गरी ब्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढनु परेको झाँक्रीको भनाइ थियो ।
०५३ सालमा राष्ट्रघाती महाकाली सन्धि भएको उनले स्मरण गरिन् । महाकाली सन्धिलाई एमसीसी भन्दा पनि ठूलो राष्ट्रघात भनी टिप्पणी गरिन् ।
महाकाली सन्धिकाबेला भीम रावल र ओलीको पोजिशनकाबारेमा झाँक्रीले प्रश्न उठाइन् ।
ओलीको नेतृत्वमा रहेको एमालेको हालत सदभावना पार्टीको जस्तै हुने झाँक्रीले टिप्पणी गरिन् । उनले कम्युनिष्ट आन्दोलनलाई सत्यानाश बनाउने बाटोमा अघि बढेका ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरुले सत्ताबाट हटाएको पटकपटक दोहो¥याएकी थिइन् ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया