उपेक्षामा बझाङको कुयापानी र कुशापानी गाउँ

बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ डुग्रीखोलामा पुल नहुँदा कुयापानी र कुशापानीका स्थानीयवासीलाई आवतजावतमा समस्य परेको छ ।
तीनै तहको सरकारका प्रतिनिधिलाई पुन निर्माणमा ध्यानाकर्षण गराएको भए पनि बेवास्ता गरेको स्थानीयवासी महेश खड्काले गुनासो गरे ।
सदरमुकाम चैनपुरबाट नजिकै भएपनि वर्षौंदेखि सो स्थानमा पुल नहुँदा बर्खाका समयमा दुःख झेल्दै आएको र उत्पादन भएका कृषि उपज वस्तु बजारसम्म पुर्याउन समस्या हुने गरेको पडेस युवा समाजका अध्यक्ष पवन खड्काले बताए ।
ती दुवै गाउँमा हालसम्म खानेपानी, विद्युत र सडकको सुविधा समेत छैन ।
उनले भने, “स्थानीयवासी खोलाको धमिलो पानी पिउन बाध्य छन, विद्युतका लागि पोल गाडेको भए पनि हालसम्म बत्ती बलेको छैन ,सडक बनाउन नगरपालिकाले ध्यान दिएको छैन ।”
उपप्रमुख जुना जाग्रीले नगरपालिकाबाट प्रदेश सरकार र केन्द्र सरकारलाई पत्र पठाएको, वर्षेनी डुग्रीखोलाले खेतीयोग्य जमिन कटान गर्ने भएकाले त्यसतर्फ तटबन्धसमेत गरेको जानकारी दिइन् ।
उनले भनिन्, “छिटो–छरितो काम गर्नका लागि पहल गरेकी छु । चाँडै समस्या समाधान हुनेछ ।” हाल पुल नहुँदा करिब २५ परिवार समस्यामा परेका छन् ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
कुलमान घिसिङले गरे मतदान
प्रतिक्रिया