कुलमान घिसिङलाई हटाउन परेको रिट प्रधानन्यायाधीशको बेञ्चमा
मेरोन्यूज
२०७८ भदौ २० गते ११:३१

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन माग गर्दै परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले हेर्ने भएका छन् । आइतबार पेसी तोक्ने क्रममा उनले उक्त रिट आफै हेर्न राखेका हुन् ।
पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्ति बदर गर्न माग गर्दै गत साउन ३२ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा उनले आफूलाई गैरकानूनी रुपमा पदबाट हटाएको दाबी गर्दै यथावत राख्नु पर्ने माग गरेका थिए ।
रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका थिए ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
प्रतिक्रिया