जलवायु परिवर्तनले नखाएको विष लागेको छ : ऊर्जा मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाई हुँदै गएको बताएकी छन् । औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको भन्दै उनले नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताएकी हुन् ।
निजामती कर्मचारी दिवसको सन्दर्भमा ललितपुर महानगरपालिका २ स्थित इन्द्रायणी पार्कमा आज वृक्षारोपण गरेपछि मन्त्री भुसालले भनिन्, ‘विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनु परेको छ, नखाएको विष लाग्ने अवस्था छ ।’
‘देशका विभिन्न भागमा भूक्षयको मार खेप्नु परेको छ, जसले हाम्रो दैनिक जीवन प्रभावित भएको छ,’ मन्त्री भुसालले भनिन्, ‘भूक्षयपछि आएको बाढी र त्यसले पुर्याएको क्षतिले मानवीय एवं भौतिक क्षेत्री व्यहोर्नु परेको छ, मनाङ, रोल्पा, बागलुङलगायत क्षेत्रमा ठूलो असर पुर्याएको छ ।’

सिन्धुपाल्चोकको हेलम्बुमा गएको भूक्षयले ठूलो जलधनको क्षति हुनाका साथै मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा उपत्यकाबासीका घरका धारामा आएको पानीसमेत रोकिएको बताइन् ।
वृक्षारोपण कार्यक्रममा ललितपुर महानगरको २ नम्बर वडालाई भौतिक तथा सुरक्षाका दृष्टिले सम्पन्न बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उनले वडाध्यक्ष राजेशकुमार महर्जनसहित सबैलाई धन्यवाद व्यक्त गरेकी थिइन् । उनले वृक्षारोपण गरिएका विरुवाको राम्रो संरक्षण हुने विश्वास दिलाउँदै खाली स्थानमा वृक्षारोपण गरी आफ्ना वस्तीलाई वातावरणमैत्री बनाउन सबैलाई आग्रह गरिन् ।
सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्की, सिँचाइ तथा जलस्रोत सचिव सागरकुमार राई, वडाध्यक्ष राजेशकुमार महर्जनसहितको उपस्थिति रहेको थियो ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया