जनताको साथले पूरै देश सुरक्षित भयो : तालिवान

काठमाडौँ । अफगानिस्तानको पञ्जशिर प्रान्तमा भइरहेको युद्ध अन्ततः टुंगिएको छ । प्रान्तका सैनिकहरूले तालिवानलाई कडा टक्कर दिँदै आए पनि पराजीत भएका हुन् ।
आइतबार पञ्जशिरमा जित हात पारेसँगै पूरै अफगानिस्तान तालिवानको कब्जामा पुगेको छ । तालिवानी लडाकुले पञ्जशिरको गभर्नर निवासमा आफ्नो झण्डा गाडेका छन् । उनीहरूले झण्डा गाडेको भिडियो सामाजिक सञ्जालमा राखेका थिए ।
तालिवानी प्रवक्ता जविउल्ला मुजाहिदले अफगानिस्तानले तालिवानको विरोध गर्ने सबै परास्त भएको बताएका छन् । उनले आखिरमा देश युद्धबाट बाहिर आएको प्रतिक्रिया दिए । ‘अल्लाहको आशिस तथा देशका जनताले साथ दिएसँगै पूरै देश सुरक्षित गर्ने जिम्मेवारी आएको छ,’ उनले भने ।
पञ्जशिरको युद्धमा तालिवानले हवाई हमला गरेका थिए । अफगानी मिडियाका खबरअनुसार यो हमला पाकिस्तानी पाइलटले गरेका थिए । पञ्जशिरमा शैनिक प्रमुख नेता तथा देशका पूर्व उपराष्ट्रपति अमरुल्ला सालेह बसेको घरमा तालिवानले हवाई हमला गरेको थियो । एजेन्सी









महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
आज कति पुग्यो सुनको भाउ ?
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया