अर्थमन्त्रीले गरे गभर्नरलाई फोन : पुँजी बजारको समस्या समाधान गर्नु
मेरोन्यूज
२०७८ भदौ २१ गते १३:४२

काठमाडौँ । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ ।
राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग फोन गरी ध्यानाकर्षण गराएको हुन् ।
कुराकानीमा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका थिए । उनले कहाँ के सुधार गर्नु पर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका हुन् ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।
सम्बन्धित

















फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
विद्यार्थीसँग एमाले अध्यक्ष ओली
प्रतिक्रिया