धरानको बीपी प्रतिष्ठानमा लिम्बुवानको तोडफोड

धरान । धरानको बीपी प्रतिष्ठानमा लिम्बुवान कार्यकर्ताहरुले तोडफोड गरेका छन् ।
विपी प्रतिष्ठानका चिकित्सकहरुको आन्दोलनको विरुद्ध उत्रिएका संघीय लिम्बुवान मञ्चका कार्यकर्ताहरुले प्रतिष्ठानमा पसेर तोडफोड गरेका हुन् ।
उनीहरुले सोमबार प्रतिष्ठान परिसरमा प्रवेश गरेर उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका छन् ।
स्वास्थ्य सेवा बन्द गरिएको बिरोधमा लिम्बुवान कार्यकर्ताहरुले आन्दोलनकारीले लगाएको तालाबन्दी फुटाएर सेवा सञ्चालन गर्न दबाब दिएका छन् ।
प्रतिष्ठानका चिकित्सकहरुले उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै ओपीडी लगायतको सेवा अवरुद्ध गरेका थिए । प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी सेवा ठप्प पारी आइतबारदेखि आन्दोलनमा छन् ।
राजनीतिक दलहरुले आफूहरुको आन्दोलनलाई बिथोल्ने काम गरेर द्वन्द्व बढाएको आन्दोलनरत चिकित्सकहरुले बताएका छन् ।
एमाले, राप्रपा, लिम्बुवान लगायतका दलहरुले आइतबार मात्रै विज्ञप्ति जारी गरी चिकित्सकहरुको आन्दोलन फिर्ता गरी सेवा सूचारु गर्न आग्रह गरेका थिए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया