एमसीसीविरोधी आन्दोलनमा गृहको एक्सन
दूतावासअघि प्रदर्शन गर्ने ६ जना समातिए

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विरोधी आन्दोलनप्रति गृहमन्त्रालयले कारबाही थालेको छ ।
एमसीसी लगायतका विदेशी दातृसंस्थाहरुको सहयोग विरुद्ध आन्दोलन नगर्न गृहमन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर चेतावनी दिएको थियो ।
गृहमन्त्रालयको विज्ञप्तिमा एमसीसीविरुद्धको अभिब्यक्ति र गतिविधिको सुक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानून अनुसार कडा कारबाही गर्ने उल्लेख छ । गृहको चेतावनीयुक्त विज्ञप्तिपछि आन्दोलनकारी समातिन थालेका छन् ।
सोमवार विहान एमसीसी खारेजीको माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि विरोध प्रदर्शन गर्ने ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध क्रान्तिकारी विद्यार्थीहरुले विहान एमसीसीविरुद्ध दूतावासअघि प्रदर्शन गरेका थिए ।
क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा क्रान्तिकारीका सचिव महेश श्रेष्ठ, केन्द्रीय सदस्य मीनप्रसाद गिरी लगायत छन् । आफूसहित पक्राउ परेका ६ जनालाई महाराजगञ्जस्थित प्रहरीवृत्तमा राखिएका गजुरेलले बताए ।
एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर, जोनाथन ब्रुक्स यसैसाता नेपाल भ्रमणमा आउने तयारी गरेपछि एमसीसीको विपक्षीमा रहेका संघ संगठनहरु आन्दोनमा उत्रिएका छन् ।
यो पनि पढ्नुस्
सत्ता सहयात्री दलको आन्दोलन, गृहको धम्की
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
आजको मौसम : यी तिन प्रदेशमा वर्षाको सम्भावना
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया