डेढ लाखसहित पाँच जना जुवाडे समातिए
मेरोन्यूज
२०७८ भदौ २१ गते २०:१७

नवलपुर । पूर्वी नवलपरासीको देवचुलीबाट डेढ लाख रुपैयाँसहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई देवचुली नगरपालिका १७ पिप्रहरबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट एक लाख ५० हजार ८ सय ५० रुपैयाँ नगद र तीन बुक ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।
पक्राउ पर्नेमा देवचुली नगरपालिका १७ निवासी ३६ वर्षीय कमल महतो, देवचुली १६ रजहरका सन्तोष सिग्देल, सोही ठाउँका ४९ वर्षीय गोबिन्द थनेत, ५८ वर्षका हिरा महतो र ४३ वर्षीय मणिराम महतो छन् ।
पक्राउ परिएका उनीहरुलाई मुलुकी अपराध संहित २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रवक्तसमेत रहेका प्रनाउ गिरीले बताए ।
सम्बन्धित


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
प्रतिक्रिया