सोमबार, पुष १४, २०८२

डेढ लाखसहित पाँच जना जुवाडे समातिए

मेरोन्यूज २०७८ भदौ २१ गते २०:१७

नवलपुर । पूर्वी नवलपरासीको देवचुलीबाट डेढ लाख रुपैयाँसहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई देवचुली नगरपालिका १७ पिप्रहरबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट एक लाख ५० हजार ८ सय ५० रुपैयाँ नगद र तीन बुक ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा देवचुली नगरपालिका १७ निवासी ३६ वर्षीय कमल महतो, देवचुली १६ रजहरका सन्तोष सिग्देल, सोही ठाउँका ४९ वर्षीय गोबिन्द थनेत, ५८ वर्षका हिरा महतो र ४३ वर्षीय मणिराम महतो छन् ।

पक्राउ परिएका उनीहरुलाई मुलुकी अपराध संहित २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रवक्तसमेत रहेका प्रनाउ गिरीले बताए ।

प्रतिक्रिया