मंगलबार, फागुन ५, २०८२

प्रदेश २ का दर्जनौं चिकित्सक जनता समाजवादीमा प्रवेश

मेरोन्यूज २०७८ भदौ २२ गते १२:१७

जनकपुरधाम । धनुषाका दर्जन बढ़ी चिकित्सकहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन । मंगलबार जनकपुरमा आयोजित एक समारोहमा चिकित्सकहरु सामूहिक रुपमा जसपामा आबद्ध भएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अबीर फूलमालाले स्वागत गर्दै चिकित्सकहरुलाई पार्टीमा प्रवेश गराएका छन् । बालरोग विशेषज्ञ डा. कर्मेन्द्र यादव, डा. दिपु यादव, डा. सिदेश यादव, रेडियोलोजिष्ट डा. अरुण कुमार गोइत, अर्थोपेडिक डा. रितेश कुमार, डेनटिष्ट डा. निमु यादव, डेनटिष्ट डा. ललिता यादव, डेनटिष्ट डा. बिनिता अधिकारी लगायतलाई जसपा नेपाल अध्यक्ष यादवले पार्टीमा स्वागत गरेका हुन् ।

सो अवसरमा जसपा अध्यक्ष यादवले राजनीतिकमा बौद्धिक व्यक्तिको आगमनले विधिको शासन कायम हुने तर्क गरेका छन् । अध्यक्ष यादवले भने, ‘बौद्धिक वर्ग सक्रिय हुँदा राजनीतिमा शासन हुन्छ, तर मुर्खहरुको जमातले राजनीतिमा कुशासनले प्रसय पाऊँछ ।’ पेशासँगै राजनीतिलाई अगाडि बढाउन अध्यक्ष यादवले नवप्रवेशी डाक्टरहरुलाई शुभकामना ज्ञापन गर्दै बौद्धिक व्यक्तित्वहरुले राजनीतिको डाइग्नोसिस गर्ने विश्वास व्यक्त गरे ।

जसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य डा। रिना यादव, चमेली देवी दास, प्रादेशिक अस्पताल जनकपुरका मेसु डा। प्रमोद यादव, बौद्धिक पेशाकर्मी महासंघका धनुषा अध्यक्ष ब्रजकिशोर यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया