क्रियाशील सदस्यबाट नाम हटाइएपछि वडा सभापतिले गरे कांग्रेसको क्रिया

काठमाडौँ । डडेल्धुराको अमरगढी नगरपालिका ९ का नेपाली कांग्रेस वडा सभापति नरबहादुर पालले आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै कपाल मुण्डन गरी किरिया बसेका छन् । उनले सोमबार बेलुका कपाल खौरेको दुईवटा फोटो सामाजिक सञ्जालमा राख्दै आफ्नो पार्टीलाई दिएको योगदान सिद्याउन अन्य केही व्यक्ति लागेको समेत लगाए ।
“नेपाली कांग्रेस पार्टीको अन्याय बिरुद्ध कपाल खौरेर क्रिया बसेको पहिलो दिन । अनपा ९ सभापति नरबहादुर पाल, नेपाली कंग्रेस पार्टीमा मेरो ३०बर्षको लगानि पार्टी लाइ सिद्धाउँन लाग्ने केही खुरापातिले मेरो क्रियाशील सदस्यता हटाएर आफुलाई बहादुर सम्झनेहरु निकट भविश्यमा फल भोग्न तयार रहनुहोला,”उनले लेखेका छन् ।
आइतबार सार्वजनिक भएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूचीमा धेरै सदस्यको नाम हटाइएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ।
वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिले क्रियाशील, नयाँ र नविकरण गरी ५ हजार ८०४ जनाको सूची सिफारिस गरेको थियो। जसमध्ये चार सय ४४ जनाको नाम छानबिन समितिले हटाएर पठाएको थियो । नाम हटाइएपछि डडेल्धुराको वडादेखि जिल्ला अधिवेशन थप प्रभावित बन्ने देखिन्छ ।
















इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया