वाइसीएलको नेतृत्व चयन, प्रचण्डले गरे हस्तक्षेप

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)को पहिलो केन्द्रीय समिति बैठकले संयोजक र सह संयोजक तोकेको छ । राष्ट्रिय भेलाले पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय समिति बैठकबाट नेतृत्व टुंग्याउने जनाइएको थियो ।
आज राजधानीको गौशालास्थिति अनुपम पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकले संयोजकमा सुमन देवकोटा ‘अब्दुल’ र सह संयोजकमा सुबोधराज सेर्पालीलाई जिम्मेवारी दिएको हो ।
वाइसीएल नेपालका पहिलेका परम्परालाई तोड्दै योपटक जिम्मेवारी दिने विषयमा नयाँ अभ्यास थालिएको हो । आकाक्षी ब्यवस्थापन गर्न र सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि पार्टीले हस्तक्षेप गर्नुपरेको थियो । प्रचण्डले भेलामा सहमतिमा नेतृत्व चयन गर्न भनेका थिए, त्यसो गर्न नसके ५ दिनभित्र आफुसहित बसेर टुग्याउने वताएका थिए । त्यसपछि आज वाइसिएलको भेलावाट निर्वाचित केन्द्रीय समिति बैठकले संयोजक र सहसंयोजक बनाई नेतृत्व टुग्याएको हो ।

माओवादी शान्ति प्रक्रियामा आएपछि गणेशमान पुन ‘रश्मी’को नेतृत्वमा गठन भएको वाइसीएल नेपालले तत्कालीन महासचिव रामचन्द्र (आरसी) शर्मा ‘विज्ञान’लाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।
वाइसिएलको नेतृत्वको लागि उपाध्यक्ष रहेका सुमन देवकोटा, महासचिव रहेका सुवोध श्रीपाइली मुख्य आकाक्षी थिए ।
अव राष्टिय सम्मेलनसम्म समुन संयोजक र श्रीपाइएली सहसंयोजक रहने र अन्य नेताहरु सदस्य रहने गरी वाइसिएलले नेतृत्व सम्वन्धी विवाद हल गरेको हो ।
पदाधिकारी सहितको नेतृत्व चयनमा असफल भएपछि माओवादी केन्द्रले पार्टीको साहायक संगठनको रुपमा रहेको वाईसिएलको राष्ट्रिय सम्मेलन आगामी फाुगनमा गर्ने र त्यसवेला सम्म देवकोटा संयोजक र श्रीपाइली सहसंयोजक रहने गरी राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने निर्णय लिएको हो ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया