किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ

सुर्खेत । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेतबाट नौ जनालाई पक्राउ गरेको छ ।
किशोरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले मंगलबार नौ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाही रहेका छन् ।
पक्राउ परेका अधिकांश यातायात मजदुरहरु रहेको सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए । बलात्कृत किशोरी गर्भवतीसमेत रहेको प्रहरीले जनाएको छ ।
चौकुने गाउँपालिका घर भई पञ्चपुरी नगरपालिकामा बस्दै आएकी ती किशोरीले विभिन्न व्यक्तिबाट आफूमाथि पटकपटक बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएकी थिइन् ।
जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान अगाडि बढाइएको विष्टले जानकारी दिए ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया