किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ

सुर्खेत । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेतबाट नौ जनालाई पक्राउ गरेको छ ।
किशोरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले मंगलबार नौ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाही रहेका छन् ।
पक्राउ परेका अधिकांश यातायात मजदुरहरु रहेको सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए । बलात्कृत किशोरी गर्भवतीसमेत रहेको प्रहरीले जनाएको छ ।
चौकुने गाउँपालिका घर भई पञ्चपुरी नगरपालिकामा बस्दै आएकी ती किशोरीले विभिन्न व्यक्तिबाट आफूमाथि पटकपटक बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएकी थिइन् ।
जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान अगाडि बढाइएको विष्टले जानकारी दिए ।











हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया