भोजपुरमा पहिलोपटक रक्त सञ्चार केन्द्र सञ्चालनमा

भोजपुर । भोजपुर जिल्ला अस्पतालमा पहिलो पटक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले जिल्ला अस्पतालसँगको समन्वयमा केन्द्र स्थापना गरेको हो ।
संघीय सांसद सुदन किरातीले उपलब्ध गराएको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसद विकास कोषको ५० लाख सहयोगमा केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरले जनाएको छ । सांसद किरातीले रकम उपलब्ध गराएपछि भोजपुर नगरपालिकाले उपकरण खरिद गरेको र केन्द्रमा आवश्यक कर्मचारी पनि नगरपालिकाले व्यवस्था गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरका कार्यक्रम अधिकृत तेज श्रेष्ठले बताए ।
अधिकृत श्रेष्ठले भने, “धेरै समयमा अथक प्रयासपछि जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना गर्न सफल भएका छौँ । यसले यहाँका स्थानीयवासीलाई स्वास्थ्य सेवा लिन निकै सहज भएको छ । यहाँ आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन भने नगरपालिकाले गर्ने जिम्मा लिएको छ ।” विगतका वर्षहरुमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिएको रगतको भरमा बिरामीको ज्यान बचाउनुपर्ने अवस्था रहेको थियो । सुत्केरी महिला, दुर्घटना तथा आकस्मिकरुपमा रगत आवश्यक पर्दा कतिपयले अकालमा ज्यानसमेत गुमाउन पर्ने अवस्थाको ब्लड बैंकको स्थापना भएपछि स्थानीय हर्षित भएका छन् ।
स्थानीयवासी रंगमान राईले भने, “जिल्लामा ब्लड बैंक नहुँदा अत्यन्तै समस्या थियो । सेना प्रहरीको भरमा अस्पतालले रगतको व्यवस्था गर्नु पर्ने अवस्था थियो । अकस्मिकरूपमा रगत नपाउँदा कतिपयले अकालमा ज्यान पनि गुमाएको अवस्था छ । कतिपयलाई यहाँ रगत नपाएर बाहिर पठाउँदा बाटोमा ज्यान गएको अवस्था पनि छ । यो स्थापना हामी जिल्लावासीका लागि खुशीको कुरा हो तर यसको दिगो व्यवस्थापनको पक्षलाई निकै ध्यान दिन आवश्यक छ ।”
अस्पताललाई चाहिने रगत यहाँ खपत गर्ने र बढी भएको रगत जिल्लाबाहिरका अस्पतालमा पठाउने गरी तयारी थालिएको रेडक्रसले जनाएको छ । अहिले रक्तदान कार्यक्रममार्फत रगत संकलनको काम भइरहेको कार्यालयको भनाइ छ । संकलित रगत केन्द्रमा २५ दिनसम्म मात्र राख्न सकिने भएकाले अन्य अस्पतलामा रगत आवश्यकता हुँदा पठाउने व्यवस्था मिलाइने बताइएको छ ।
जिल्ला रेडक्रसका सभापति तुलबहादुर सुब्बाले भने, “निकै ठूलो पहलपछि ढिलै भए पनि ब्लड बैंक स्थापना गर्न सफल भएका छौँ । यो हामी जिल्लावासीका लागि खुशीको कुरा हो । यसलाई दिगो व्यवस्थापनका साथ सञ्चालनमा ल्याउने गरी कामको व्यवस्थापन गरेका छौँ । अबका दिनमा रगत अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेमा हामी ढुक्क छौँ ।”















नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया