नायिका ऋचा शर्मालाई पुत्र लाभ
मेरोन्यूज
२०७८ भदौ २३ गते ११:१३

काठमाडौं । नायिका ऋचा शर्माको पुत्र लाभ भएको छ । पहिला सन्तानको रुपमा उनले छोरालाई जन्म दिएको टिभी रियालिटी शो कमेडी च्याम्पियनले जनाएको छ ।
कमेडी च्याम्पियनले ऋचा आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ । ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् ।
शर्माले बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन् । बिहान ७ः५२ बजे अभिनेत्री शर्माले छोरालाई जन्म दिएकी हुन् ।
शल्यक्रियाबाट जन्मिएको नवजात शिशुको तौल ३.१४ किलोग्राम रहेको छ । आमा(शर्मा) र नवजात शिशुको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया