उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन् । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासंघको विधानअनुसार स्वतः अध्यक्ष पदमा चयन भएका हुन् ।
महासंघको ६०औँ वार्षिक साधारणसभापछि सुरु निर्वाचन प्रक्रियाको मतगणना आज सम्पन्न भएको छ । निर्वाचनमार्फत विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी वस्तुगत संघतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजङ्ग पाण्डे विजयी भएका छन् ।
नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको सुदृढीकरण, आर्थिक सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणमा जोड दिने अपेक्षा गरिएको छ ।
वरिष्ठ उपाध्यक्ष स्वतः अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यसपटक नै अन्तिम रहेको र आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने जनाइएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया