थपिए बागमतीमा ६ मन्त्री र चार राज्यमन्त्री

काठमाडौं । एमाले विभाजनले अल्पमतमा परेकी बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । एमाले विभाजनको लागि नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि माधव नेपालले निर्वाचन आयोगमा प्रक्रिया अगाडी बढाएकै दिन शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।
नेपाल समुह छोडेर शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर उनले एमाले विभाजन पछि विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान सहित आज मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री थप गरेर १० जनालाई मन्त्री बनाएकी हुन् । शाक्यले रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदीलाई आन्तरिक मामिला तथा कानुन, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदीपकुमार कटुवाल क्षेत्रीले स्वास्थ्य, अजयक्रान्ति शाक्य सामाजिक विकास मन्त्रालय र चन्द्र लामा भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्रीको जिम्मेवारी दिएकी छिन् ।
जसमध्ये खडका शाक्यका अति निकट नेता हुन् । माधव नेपालको पार्टी नेकपा एसमा सनाखतका लागि जादै गर्दा वीचबाटोवाटै फर्केका र रामेछापको जिल्ला अध्यक्षको पूर्ववत जिम्मेवारी पाएका शान्तिप्रसाद पौडेललाई पनि शाक्यले मन्त्री बनाएका छन् ।
त्यस्तै उनले जीवन खड्कालाई भौतिक पूर्वाधार विकास, सरस्वती बाटीलाई उद्योग, पर्यटन, जुनेली श्रेष्ठलाई वन तथा वातावरण, सामाजिक विकास र बद्री मैनालीलाई मि व्यवस्था तथा कृषि सहकारीको जिम्मेवारी दिईएको छ । मन्त्री बनेका सबैले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
















राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया