अमेरिकन कलाकार संघको अध्यक्षमा निशा सुनार

न्यूयोर्क । न्यूयोर्कमा अमेरिकन कलाकार संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । निशा सुनारको अध्यक्षतामा नेपाली अमेरिकन कलाकार संघको १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघरको हलमा भएको संघको पाँचौँ अधिवेशनले कार्य समितिको प्रमुख संरक्षकमा अभय ढुंगेल, वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विक्की पुलामी, विमल डाँगी, ईथ्ना कार्की र राजेन्द्र राई, महासचिवमा संगीता थापा, सचिवमा मधुकुमार गिरी, कोषाध्यक्षमा पुष्कर वराल, सहकोषाध्यक्षमा पूजा न्यौपाने चयन भएका छन् ।
यस्तै सदस्यहरुमा चिनियालाल श्रेष्ठ, बुद्धिमान घिसिङ , पुष्पा बस्नेत, नविन श्रेष्ठ र माया राई चयन भएका छन् ।
यस्तै, युथ कोर्डिनेटरमा दिलिपकुमार श्रीस निर्विरोध निर्वाचित भएका छन् ।
न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत विष्णुप्रसाद गौतम तथा नेपाल जनजाति महासंघका अध्यक्ष लोक चेमजोङको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।










यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया