एमालेको नाराबाजी र होहल्लाले संसद बैठक अवरुद्ध

काठमाडौं । नेकपा एमालेका सांसदहरुले ब्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेका छन् ।
एमालेबाट कारबाही गरिएका सांसदहरु पनि बैठकमा उपस्थित भएको भन्दै एमालेले संसद बैठक अवरुद्ध गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक शुरु गर्दै गर्दा एमाले सांसदहरुले होहल्ला गरी अवरोध गर्न खोजेका थिए ।
सभामुख सापकोटाले एमाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्ने समय दिएका थिए । भट्टराईले आफ्ना पार्टीबाट कारबाही गरिएका सांसदलाई बैठकमा उपस्थित गराएको भन्दै वैठक चल्न नदिने बताए । सभामुखले एमाले टुक्राउन खोजेको भन्दै सांसदहरुले उठेर अवरुद्ध गरेका थिए ।
भट्टराईले सम्बोधन गरेपछि सभामुख सापकोटाले बैठक अगाडि बढाउन खोजेपछि एमाले सांसदहरुले चर्को नाराबाजी र होहल्ला गरेका छन् ।
सांसदहरुले लागातार नाराबाजी गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
















राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
प्रतिक्रिया