संसदमा एमाले सांसदप्रति सभामुखले समातेको धारामा के छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले सभामुख अग्नि सापकोटा प्रति लक्षित गदै सदनमा प्रश्न उठाएर संसदमा नारावाजी गरेपछि सभामुखले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
एमाले सांसदले अगाडी आएर नारावाजी गर्ने र सभामुखले एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त नगरी पूर्वाग्रही ब्यवहार देखाएको भन्दै नारावाजी गरेका थिए ।
बैठकको शुरुमै एमाले प्रमुख सचेतक विशाल भटटराईले बोलेपछि एमाले सांसदहरुले रोष्टमको अगाडी पुगेर नारावाजी गरेका थिए । त्यसक्रममा सभामुखको ब्यवहार मुर्दावाद सम्मका नारा एमाले सांसदहरुले लगाएका थिए ।
त्यसपछि सभामुख सापकोटाले शुरुमै लिखित प्रष्टीकरणको रुपमा र पछि नारावाजी चलिरहेकै बेलामा पनि संविधानको धारा १०५ र प्रतिनिधिसभा नियमावली २१ को खण्ड ख, ग र घ को कुरा निरन्तर उठाउँदै त्यसमा आर्कषित भएको वताईरहेका थिए ।
आखिर के छ त त्यसमा ?
संविधानको धारा १०५
संविधानको धारा १०५ मा अदालतमा विचाराधीन कुनै पनि विषयमाथि संसदमा बसह गर्न बन्देज गरेको छ।
प्रतिनिधिसभा नियमावली २१ को खण्ड ख, ग र घ मा सभामुखले पद आचरणको छलपल नगरेको भन्ने विषयमाथिको छलफल बाहेक सभामुखको आचराणको आलोचना गर्न नहुने, सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने र सभामुखमाथि कुनै पनि आपत्तिजनक शब्द बोल्न नहुने उल्लेख छ।
हेर्नुहोस् नियमावलीको ब्यवस्था

















इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया