लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी नहुने
मेरोन्यूज
२०७८ भदौ २३ गते १९:२०

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ ।
सरकारमा सहभागी नहुने भएकाले बुधबारको संघीय संसदको बैठकमा प्रतिपक्षको सिटमा बसेको छ ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको उक्त पार्टीले तत्काल सरकारमा नजाने निर्णय लिँदै प्रतिपक्षमा रहने भएको हो ।
देउवालाई विश्वासको मत दिएको भए पनि संसदमा प्रतिपक्षको भूमिका रहने निर्णय लिएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।
देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोसपाले गुण र दोषका आधारमा समर्थन गर्ने जनाएको छ ।
लोसपाकै माग बमोजिम संसद सचिवालयले प्रतिपक्षीतर्फको कुर्सी व्यवस्थापन गरेको थियो ।
सम्बन्धित
















इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
कांग्रेस संसदीय दलको बैठक बस्दै
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया