तालिबानी सरकारलाई चीनको घुमाउरो स्वागत
तालिबानी सरकारलाई स्पष्ट रुपमा स्वागत नगरेको चीनले करीब ३१ मिलियन अमेरिकीडलर बराबरको आर्थिक सहयोग घोषणा गरेको छ

काठमाडौं । विद्रोह मार्फत अफगानिस्तानको सत्ताकब्जा गरेको तालिबानले मंगलबार आफ्नो नेतृत्वको सरकार गठन गरेसँग चीनले तालिबानी सरकारलाई आर्थिक सहयोगको घोषणा गरेको छ । तालिबानी सरकारलाई स्पष्ट रुपमा स्वागत नगरेको चीनले आर्थिक सहयोग भने घोषणा गरेको हो ।
करीब ३१ मिलियन अमेरिकीडलर बराबरको आर्थिक सहयोग चीनले घोषणा गरेसँगै अमेरिकाले चीनको उक्त कदमप्रति आपत्ति जनाएको छ ।
तालिबानले मंगलबार पाँच सदस्यीय सानो मन्त्रीमण्डललाई आकार दिएको थियो । सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिबानले सत्ता सञ्चालन गर्दा उप-प्रधान एवंम विदेशमन्त्री रहेका महुल्ला हसनको नेतृत्वमा अफगानिस्तानमा नयाँ सरकार गठन भएको छ । चीनले २०० युआन अर्थात ३१ मिलियन अमेरिकी डलर बराबरको सहयोग घोषणा गर्दै खाद्यान्न, जाडो महिनामा आवश्यक पर्ने समाग्री र कोरोना भ्याक्सिनको सहयोग गर्ने बताएको हो ।
तालिबानले सत्ताकब्जा गर्ने क्रममा ठूलो रुपमा धनजनको क्षति हुँदा त्यहाँ आर्थिक र खाध्य संकट निम्तिन सक्ने खतरा बढ्दै जाँदा चीनले यस्तो सहयोगको घोषणा गरेको बताइएको छ । चीनका राज्य परिषद् सदस्य एवंम विदेशमन्त्री वाङ यीले एक भर्चुअल बैठकका अवसरमा बुधबार सहयोग घोषणा गरेका हुन् । पाकिस्तान, इरान, ताजकिस्तान, उजबेकिस्तान र तुर्कमेनिस्तानमा वरिष्ठ कूटनीतिक व्यक्तिहरुको उपस्थितिमा चिनियाँ विदेशमन्त्री यीले सहयोग घोषणा गरेको चिनियाँ समाचार ऐजेन्सी सिन्हुआले जनाएको छ ।
यस्तै चीनले शुरुवाती चरणमा तालिबानी सरकारलाई कोरोना भ्याक्सिनको तीन मिलियन डोज खोप सहयोग गर्ने बताएको छ । यसअघि अफगानिस्तानमा सत्ता कब्जा गरेपछि तालिबानका प्रवक्ता जुबीहुल्लाह मुजाहिदले इटालीको एक समाचारपत्रसँग कुरा गर्दै तालिबानी सरकारको प्रमुख आर्थिक सहयोगीका रुपमा चीन रहने दाबी गरेका थिए । अफगानिस्तानबाट विदेशी सैनिक फर्किने क्रम चल्दै गर्दा ‘ला रिपब्लिका’ पत्रिकालाई दिएको अन्र्तवार्तामा प्रवक्ता मुजाहिदले यस्तो दाबी गरेकाथिए ।
यसैबीच अफगानिस्तानमा नयाँ सरकार गठनसँगै तालिबानले आफ्नो सरकारको नीति पनि सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ नीतिअनुसार तालिबानले सरिया कानून बमोजिम देश सञ्चालन गर्नेछ । सरिया कानून मुस्लिम समुदायको कानूनी व्यवस्था हो । मुस्लिमहरुका धर्मगुरु पैंगम्बर महम्मदका उद्गारलाई समेटेर यो कानूनको निर्माण गरिएको मानिन्छ ।
यता तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुंदजादाले १५ अगष्टमा सत्ता कब्जा पछि पहिलो सार्वजनिक वक्तव्य दिदैँ सरिया कानून अनुसार देश सञ्चालन हुने बताएका थिए । त्यस क्रममा उनले इस्लामिक कानूनसँग बाझिने कुनै काम नगर्ने प्रतिबद्धता पनि जनाएका थिए ।
















घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज
इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान
मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न कार्यदल गठन
कैलालीको टीकापुरमा एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन
सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया