फातिमाको राजनीतिक भेटघाट शुरु
ओली निवास बालकोट पुगिन एमसीसी उपाध्यक्ष

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स एमाले अध्यक्ष केपी ओलीको नीजि निवास बालकोट पुगेका छन् । आजै कतार एयरको विमानबाट काठमाडौँ आएका उनीहरु केही वेर अगाडी मात्रै ओली भेटन बालकोट पुगेका हुन् ।
उनले आजैवाट राजनीतिक भेटघाट शुरु गरेकी हुन् । ४ दिनसम्म काठमाडौंमा बस्ने उनले प्रधानमन्त्री शेरवहादुर देउवासँग भने भोलि सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा भेटने कार्यतालिका बनेको छ ।
उनीहरुको सुरक्षाका लागि सरकारले विशेष सुरक्षा ब्यवस्था मिलाएको छ । नेपालभित्र एमसीसीको चर्को विरोध भईरहेको सन्दर्भलाई हेरेर सरकारले सुरक्षा ब्यवस्था कडा बनाएको हो ।
काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी थिइन् ।
नेपालभित्र एम्सीसी संसोधन र परिमार्जन विना पारित हुन नसक्ने बताईरहेका बेला अमेरिकाको जवाफमा संशोधन हुन नसक्ने जवाफ छ ।



तस्वीर : ओलीको सचिवालय
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया