कांग्रेस महाधिवेशन : प्रदेश २ मा वडा अधिवेशन नहुँदा कार्य तालिका प्रभावित

काठमाडौँ । नेपाली कांग्रेसको पालिका अधिवेशनको मिति आउन ३ दिन बाँकी हुँदा प्रदेश २ का जिल्लाहरूमा वडा अधिवेशन हुन सकेको छैन । प्रदेशमा अहिलेसम्म वडा अधिवेशन शून्य भएपछि त्यसपछि हुने सबै निर्वाचन कार्य तालिका प्रभावित हुने भएको छ ।
कांग्रेसको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवादले प्रदेश २ मा वडा अधिवेशन अनिश्चित बन्दा निर्वाचन कार्य तालिका प्रभावित हुने भएको हो । प्रदेश २ मा कुनै पनि जिल्लाको क्रियाशील विवाद नटुंगिएपछि वडा अधिवेशन हुन नसक्दा प्रदेश २ अधिवेशन शून्य प्रदेश बन्न पुगेको छ ।
प्रदेश २ मा आजसम्म क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको छैन । क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन अन्योलमा परेको कांग्रेस धनुषाका युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी योगेन्द्र पञ्जियारले बताए ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर तथा निर्वाचन क्षेत्र ४ का सभापतिसमेत रहनुभएका पञ्जियारले भने, “वडा अधिवेशन भदौ २६ र २७ गते हुने चर्चा चले पनि त्यो अब सम्भव छैन, अधिवेशनका लागि क्रियाशील सदस्यताको नै टुङ्गो लागि सकेको छैन ।”
त्यसैगरी युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी राजकिशोर सिंहले प्रदेश २ मा भदौमा अधिवेशन प्रारम्भ हुने सम्भावना नदेखिएको बताए ।
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
प्रतिक्रिया