सत्ता पक्षका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौँ । सत्ता पक्षीय गठबन्धनको बैठक बस्दै छ । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक शुक्रबार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल हुने बताइएको छ । सत्ता गठबन्धनमा किचोलो भएका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुइ महिना हुनै लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । आजको बैठकले मन्त्रीको भागभण्डा मिलाएर छिटो नै मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ ।
यस्तै बैठकमा एमसीसीबारे पनि छलफल हुने छ । २०७४ भदौ २९ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार र एमसीसीबीच करिब ५५ अर्ब रुपैयाँ अनुदान सहयोग सम्बन्धी सम्झौता भएको थियो । तर उक्त सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन हुन सकेको छैन ।
सम्झौता कार्यान्वयनको प्रगतिबारे बुझ्न एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएर एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग छलफल गरेको छ ।
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
प्रतिक्रिया