नौ महिनापछि अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन सम्वाद

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सि चिनिपिङबीच टेलिफोन सम्वाद भएको छ । अमेरिकाका एक उच्च अधिकारीलाई उधृत गर्दै समाचार संस्था रोयर्टसमा जनाइए अनुसार राष्ट्रपति बाइडन र सिबीच करीब ९० मिनेट वार्ता भएको थियो ।
टेलिफोन सम्वादका क्रममा विश्वका दुई ठूला अर्थतन्त्रबीच वैमन्यता उत्पन्न हुन नदिने विषयमा छलफल भएको जनाइएको छ । पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्ध दशककै नराम्रो अवस्थामा पुगेको छ । गत जनवरीमा अमेरिकी राष्ट्रपतिको शपथ लिएपछि बाइडनले चिनियाँ राष्ट्रपति सिसँग पहिलो टेलिफोन सम्वाद गरेका थिए । नौ महीनाको अन्तरालमा बिहीबार दुई नेताबीच भएको सम्वाद दोस्रो हो ।
व्हाइट हाउसबाट प्रकाशित विज्ञप्तिमा दुई देशका नेताले ‘वृहत रणनीतिक आयामका विषयमा छलफल गरेको’ रोयर्टसले जनाएको छ । छलफलका क्रममा दुई देशका स्वार्थ मिल्ने र बाझिने मुद्दाका विषयमा पनि कुराकानी भएको समाचारमा उल्लेख गरिएको छ ।
यस्तै उक्त टेलिफोन सम्वादका क्रममा कोभिड भ्याक्सिन, आर्थिक विषय र जलवायु परिर्वतनको विषयमा पनि छलफल भएको बताइएको छ । विद्रोह मार्फत अगष्ट १५ मा अफगानिस्तानको सत्ताकब्जा गरेको तालिबानी समुहले मंगलबार मात्रै आफू नेतृत्वको सरकार गठन गरेको थियो । सरकार गठनसँगै चीनले तालिबानी सरकारलाई आर्थिक सहयोग घोषणा गरेपछि चीनको उक्त कदमको अमेरिकाले विरोध जनाएको थियो ।
अमेरिका समर्थित अफगानी सरकारबाट चीन समर्थित बताइने तालिबानले सत्ता कब्जा गरेको छ । सत्ता कब्जा गरेको करीब २५ दिनपछि सरकार गठन गरेको तालिबानलाई चीनले आर्थिक सहायता दिने घोषणा गरेसँगै अमेरिका र चीनका राष्ट्रपतिबीच भएको टेलिफोन सम्वादलाई महत्वका साथ हेरिएको छ ।
















मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया