बुधबार, फागुन ६, २०८२

सभापति देउवालाई पार्टी निर्वाचन धाँधलीरहित बनाउन पौडेलको ध्यानाकर्षण

मेरोन्यूज २०७८ भदौ २५ गते १२:४४


काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी निर्वाचनलाई धाँधलीरहित र निश्पक्ष बनाउन ध्यानाकर्षण गराएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence


पार्टीको निर्वाचनमा प्रहरी र प्रशासनको दुरुपयोग नहोस् भनेर प्रधानमन्त्रीसमेत रहेका देउवाको पौडेलले ध्यानाकर्षण गराएका हुन् ।

पौडेल नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह के।सी, डा मिनेन्द्र रिजाल र जीवन परियार सहितको टोलीले शुक्रबार बिहान देउवालाई भेटेका थिए ।

पार्टीका कृयाशील सदस्यहरुको छानवीन निश्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलीस र प्रशासनको दुरुप्रयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गराएको पौडेलका स्वकिय सचिव चिरञ्नजीबी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया