मंगलबार, फागुन ५, २०८२

कांग्रेस नेता आलमविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

मेरोन्यूज २०७८ भदौ २५ गते १३:२१

काठमाडौँ । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता अफताब आलमविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको बेन्चमा सुनुवाइ गर्न पेसी तोकिएको थियो । तर उक्त मुद्दालाई इजलासले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा उनी जेलमा रहँदै आएका छन् । बम विस्फोटको मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी नख्खु कारागारमा छन् । बम विस्फोटनमा घाइते भएका करिब दुई दर्जन मानिसलाई जिउँदै इँट्टा भट्टामा हालेर हत्या गरेको अभियोगसमेत उनीमाथि रहँदै आएको छ ।

रौतहट जिल्ला अदालतमा आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थसम्बन्धी मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया