प्रतिनिधिसभा बैठक
सभामुख महोदय, रोष्टमबाट बोल्ने व्यवस्था गरिदिनु : सांसद सुवाल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले प्रतिनिधिसभा बैठक हलमा विरोध प्रदर्शन गरी अवरुद्ध गरेका छन् । शुक्रबार दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा एमालेका सांसदहरूको विरोध गरेका हुन् ।
विरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गरेका थिए । पहिलो बैठक स्थगित भएको १५ मिनेटपछि बसेको बैठकमा सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई राष्ट्र ऋण उठाउने अध्यादेश अस्वीकारको प्रस्ताव दिन आग्रह गरे ।
यस क्रममा सभामुख सापकोटा र सांसद सुवालबीच सवाल जवाफ भएको थियो । सभामुखले सुवाललाई ३ मिनेट राष्ट्र ऋण उठाउने अध्यादेश अस्वीकारको प्रस्तावबारे बोल्न समय दिए ।
सभामुखको प्रस्तावमा सांसद सुवालले रोष्टमबाट नै बोल्न पाउनु पर्ने व्यवस्था गर्न समाभुखसँग माग राखेका थिए । यस क्रममा सभामुखले यथास्थानबाट बोल्न आग्रह गरे । उनले बारम्बार सांसद सुवाललाई यथास्थानबाट राष्ट्र ऋण उठाउने अध्यादेशबारे बोल्न आग्रह गर्दै गर्दा दुईबीच केही बेर विवाद भएको थियो ।
‘तपाईले आफ्नो प्रस्ताव फिर्ता लिनु भयो कि भएन, मान्य सदस्य स्पष्टसँग भनिदिनु पर्यो,’ सभामुख सापकोटाले भने ।
सभामुख सापकोटाको प्रश्नमा सांसद सुवालले भने, ‘सभामुख महोदय मैले यस प्रस्तावलाई रोष्टमबाट नै पेश गर्ने व्यवस्था मिलाइदिनु हुन आग्रह गरेँ ।’
सभामुखको आग्रहलाई सांसद सुवालले प्रमुख प्रतिपक्षी दलले नारा लगाइरहेकाले रोष्टमबाट नै पेश गर्न सक्ने वातावरण बनाइदिन बारम्बार अनुरोध गरेका थिए ।
















नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया