प्रतिस्थापन विधेयक सहमतिमा ल्याएका हौँ : जसपा अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले चाँडै मन्त्री मण्डल विस्तार हुने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकपछि बाहिरिदै गर्दा उनले केही दिनभित्र मन्त्री मण्डल विस्तार हुने बताएका हुन् ।
‘अब केही दिनमा नै मन्त्री मण्डल विस्तार हुन्छ,’ प्रतिस्थापन विधेयकबारे पत्रकारको जिज्ञासामा उनले भने ‘प्रतिस्थापन विधेयक देशको आवश्यकता हो, यो सहमतिमा ल्याएको विधेयक हो ।’
यस्तै, नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रतिस्थापन विधेयक छापामार र गुरिल्ला शैलीमा आएको बताए । उनले यसअघि पनि बारम्बार सरकारले सोही प्रकारको काम गरेको आरोप लगाए ।
‘सभामुख पक्षपाती भए, अग्निप्रसाद सापकोटोको कुर्सी होइन, यो जनताले ल्याएको कुर्सी हो,’ उनले भने, ‘यो शैलीमा उहाँले कसरी संसद चलाउनु हुन्छ, हामीले विरोध गरेको होर ? उहाँको शैलीको विरोध गरेको हो ।’
















नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया