कांग्रेसको महाधिवेशन तालिका पुनः हेरफेर, नयाँ मितिमा जिल्ला अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन कार्य तालिका पुनः प्रभावित हुने देखिएको छ । कांग्रेसको २१ जिल्लामा क्रियाशील सदस्यता विवाद चर्किएपछि संस्थापनइतर पक्षले पालिकाको अधिवेशन रोकेर क्रियाशील सदस्ता विवाद टुंग्याउन माग गरेका थियो । कांग्रेसका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकले अधिवेशन सार्ने निर्णयसमेत गरिसकेको छ ।
स्रोतका अनुसार भदौ २७ गतेका लागि निर्धारण गरेको गाउँ, नगरपालिका अधिवेशन असोज ९ गतेका लागि प्रस्ताव गरिएको छ भने असोज १ गतेका लागि निर्धारित प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज ११ गते, असोज ५ गतेका लागि तय गरिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज १३ गते प्रस्ताव गरिएको स्रोतले जानकारी दिए ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति असोज १६ का लागि प्रस्ताव गरिएको छ । यसअघि उक्त अधिवेशन असोज १० गते गरिने निर्णय गरिएको थियो । कार्तिक १०–१२ मा हुने भनिएको क्षेत्रीय अधिवेशन र मंसिर ९–१३ मा हुने भनिएको केन्द्रीय महाधिवेशनको मिति भने यथावत राखिएको स्रोतले मेरोन्युजलाई जानकारी दियो । क्रियाशील सदस्य विवाद हुँदा २१ जिल्लाको नामावली पार्टीले सार्वजनिक गरेको छैन ।
















पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
प्रतिक्रिया