प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष भेटः संसदबाटै अनुमोदन हुने सुमारको विश्वास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डलबीच शुक्रबार भेटवार्ता भएको छ ।
शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलबीच भएको भेटवार्ताका क्रममा मिलिनियम च्यालेन्ज कर्पोरेशनबाट नेपालको आर्थिक विकासमा हुन सक्ने सहयोग लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेशनबीच २०१७ मा सम्पन्न अनुदान सम्बन्धी कम्प्याक्ट अगाडि बढाउनका लागि आफूले राजनीतिकस्तरमा छलफल जारी राखेको बताए ।
भेटका क्रममा एमसीसी उपाध्यक्ष फतिमा सुमरले उक्त कम्प्याक्ट संसदबाट छिटो अनुमोदन हुने विश्वास ब्यक्त गरिन् ।
नेपाल र एमसीसीबीच भएको ५ मिलियन अमेरिकी डलर अनुदान सहयोग सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन हुन नसकिरहेकाबेला एमीसीकी उपाध्यक्ष सुमर नेतृत्वको टोली नेपाल आएको हो ।
बिहीबार त्रिभुवन विमानस्थलमा ओर्लिएकी फातिमाले प्रधानमन्त्री देउवासँग भेट्नुअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष माधवकुमार नेपाल, सत्तारुढ गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका अध्यक्षहरुसँग भेटेकी थिइन् ।
ती सबै भेटमा एमसीसी कम्प्याक्ट अनुमोदन गर्न सहयोग मागेकी उनले शुक्रबार प्रधानमन्त्री देउवासँगको भेटमा पनि अनुमोदनबारे चासो राखेकी छन् ।
एमसीसी अनुमोदन नगर्न सत्तारुढ गठबन्धन भित्रैबाट तीब्र दबाब पर्नुका साथै राष्ट्रिय रुपमै आन्दोलन चर्किएपछि प्रधानमन्त्री देउवा चेपुवामा परेका छन् । गठबन्धन दलहरुको साथ लिएर एससीसी संसदबाट पास गराउन प्रधानमन्त्री देउवालाई समस्या देखिएको छ ।

















नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया