यूट्यूबर पनि पनि करको दायरामा

काठमाडौं । सरकारले यूट्युबरहरुलाई पनि करको दायरामा ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा पेश गरेको चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयकमा युट्युबरलाई पनि करमा दायरामा ल्याउने उल्लेख गरिएको छ ।
यूट्यूबमार्फत आम्दानी गर्नेको संख्या बढ्दै गएको सन्दर्भमा त्यसलाई करको दायरामा ल्याइएको हो । युट्युब भिडियो अपलोड गरी त्यसैलाई ब्यवसायी बनाएकाहरुले अब कर छुट्याउनुपर्नेछ ।
युट्युब भिडियो दर्शकले हेरेको आधारमा कम्पनीले युट्युब एकाउन्ट खोलेर मोनिटाइज्ड गरेकोलाई डलरमा नै उपलब्ध गराउँदै आएको छ । नेपालमा पनि युट्युबलाई ब्यवसायीक धन्दा धन्दा बनाउने ठूलो समूह छ ।
यूट्यूबबाट प्राप्त हुने रकमको एक प्रतिशतको दरले अग्रिम कर तिर्नुपर्ने व्यवस्था प्रतिस्थापन विधेयकमा उल्लेख गरिएको छ ।
‘व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रीम कर असुल गर्ने व्यवस्था गरिएको छ ।’ –विधेयकमा भनिएको छ ।
















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आज २६३औँ सेना दिवस मनाइँदै
प्रतिक्रिया