धार्मिकस्थल खुलेसँगै पर्यटकीय बस सेवा सुरु

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बन्द रहेका धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय गतिविधिसमेत सुरु हुन थालेको छ । कोरोनाको दोस्रो चरणको संक्रमण देखिएपछि झण्डै ५ महिनादेखि बन्द रहेका पर्यटकीय बससेवा धार्मिक तीर्थस्थल खुलेसँगै सुरु भएको हो ।
सरकारले दोस्रो चरणको कोरोनाले बन्द गरेको निषेधाज्ञालाई पूर्ण रूपमा हटाएसँगै देश दर्शन बससेवा प्रालिले स्वास्थ्य मापदण्डलाई लागू गर्दै पर्यटकीय बससेवा सुरु गरेको हो । कोरोनाको पहिलो र दोस्रो लहरले थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्न देशदर्शन बससेवा प्रालिले दिवा तथा रात्रि पर्यटक बससेवा पुनः सुरु गरेको प्रालिका बजार व्यवस्थापक प्रह्लाद लोहनीले बताए ।
देशदर्शन बससेवा प्रालिले काठमाडौँ–पोखरा दिवा तथा रात्रि, काठमाडौँ–जनकपुर रात्रि, काठमाडौँ–वीरगञ्ज रात्रि, काठमाडौँ–लुम्बिनी दिवा तथा रात्रि, काठमाडौँ–चितवन दिवा, चितवन–पोखरा दिवा सेवामार्फत पर्यटकलाई सेवा प्रदान गर्दै आएको छ । उक्त बस सेवा काठमाडौँको बौद्धबाट सोह्रखुट्टे हुँदै विभिन्न गन्तव्यका लागि छुट्ने छन् ।
गत वर्ष १२ करोड लगानीमा १६ बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गर्दै आएको उक्त प्रालिले कोरोनासँगै आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नु अगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले जानकारी दिए ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो संक्रमणका कारण उक्त कार्यक्रम स्थगन गरिएको थियो । राजधानीको मुख्य पर्यटकीयस्थल ठमेललाई लक्ष्य गरेर झण्डै सय वटा पर्यटकीय बसले सेवा प्रदान गर्दै आए पनि कोरोनाका कारण उक्त बससेवा रोकिएका थिए । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।










निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया