सोमबार, फागुन २५, २०८२

संखुवासभा सामूहिक हत्यामा पक्राउ परेका २६ वर्षीय युवा को हुन् ?

दया दुदराज २०७८ भदौ २६ गते १२:०२

काठमाडौँ । संखुवासभा मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक ५२ वर्षीय तेज बहादुर कार्कीको भतिज रहेको वडाध्यक्ष खेमनाथ कटुवालले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

‘घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन्, वडाध्यक्ष कटुवालले भने, ‘उनी पहिले विदेश आउजाउ गरिरहन्थे, उनीहरू आफन्त नै हुन्, मृतकको परिवारले ८० लाखको जग्गा किनेको डाहका कारण पनि घटना भएको हुन सक्छ ।’

प्रहरीका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि कार्कीलाई प्रहरीले शंकाको घेरामा राखेको थियो । अनुसन्धानका क्रममा उनको घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई नियन्त्रण लिएको हो ।

उनका अनुसार पक्राउ पर्नेमा २६ वर्षीय लोकबहादुर कार्की रहेका छन् । पछिल्लो समय उनी गाउँमा खेतीपाती गर्दै आएका थिए ।

पक्राउ परेका २६ वर्षीय कार्की

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार आरोपीलाई भोलि आइतबार सार्वजनिक गरिने भएको छ ।

गत सोमबार उम्लिङ खोला गाउँमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र ७ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

घटनालगत्तै अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लगायतको टोली घटनास्थल पुगेको थियो ।

यो पनि पढ्नुहोस् :

संखुवासभा सामूहिक हत्यामा संलग्न एक पक्राउ, भोलि सार्वजनिक गर्ने

संखुवासभा हत्या प्रकरणमा ‘ट्विस्ट’, चिनजानकै व्यक्तिबाट हत्या भएको हुन सक्ने आशंका

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया