‘बालबालिकाको जटिल उपचार गर्न काठमाडौँ धाउनु पर्ने बाध्यता छ’
बालबालिकामा हर्नियाको समस्या बढ्दैछ

काठमाडौँ । नवजात शिशुलाई कतिपय समस्याहरू जन्मजात नै देखिने हुन्छ । यदि, तपाईको पहिलो बच्चामा जन्मजात ढाडमा कुनै मासुको डल्लाहरू वा पानीको फोका आउनेलगायतका समस्या देखिएको थियो भने दोस्रो बच्चामा त्यस्तो समस्या देखिने सम्भावना बढी हुन्छ ।
यस्ता समस्या आउन नदिन फोलिक एसिड र आइरन गर्भवती हुनुभन्दा पहिला लिनु पर्ने हुन्छ । यसरी समयमै लिएमा दोस्रो बच्चामा ढाडमा कुनै मासुको डल्लाहरू वा पानीको फोका देखिने समस्याबाट जोगाउन सकिन्छ ।
नवजात शिशुहरूमा देखिएको टिउमरको समस्या लिएर आउने गर्छन् । यदि, नवजात शिशुमा मासु पलाउने समस्या आमाले गर्भ अवस्थामा नियमित जाँच गरेको छ, भने त्यो समयमा थाहा हुन्छ । समयमा नै हुनेवाला आमा बुबालाई गर्भको बच्चामा समस्याको बारेमा जानकारी दिन सकिन्छ ।
कतिपय भु्रणमा छोरा हो वा छोरी हो छुट्याउन गाह्रो हुन्छ । तर छुट्याउन गाह्रो हुँदैमा सबै तेस्रो लिङ्गी हुदैनन् । त्यस्तो बच्चाको उपचार गरेर छोरा कि छोरी छुट्याउन सकिन्छ । अर्को बालबालिकाहरूमा बढी लिएर आउने आन्द्रामा नसाको कमीको समस्या लिएर आउने गरेका छन् ।
नेपालको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा १८ वर्षसम्मका बालबालिकाले ओगटेका छन् । तर, ती बालबालिकाको शल्य उपचार गर्ने बाल शल्य चिकित्सक (पेडियाट्रिक सर्जन) निकै कम छन् । जुन बढी काठमाडौँ केन्द्रित छन् । सरकारले सबै प्रदेशमा बाल अस्पताल स्थापना गरे मात्र बालबालिकाको उपचारका लागि काठमाडौँ धाउनु पर्दैन थियो ।
बाहिरी जिल्लाबाट विरामी बच्चालाई उपचारका लागि एम्बुलेन्समा राखेर ल्याउँदा धेरै जटिल अवस्था भइसकेको हुन्छ । एम्बुलेन्समा बालबालिकाका लागि न भेन्टिलेटर राम्रो छ न आईसियु नै । बालबालिकालाई निकै जोखिम मोलेर अस्पतालसम्म ल्याएको हुन्छ ।
धेरैलाई बालबालिका हर्नियाको समस्या देखिदैन भनेको पाइन्छ । यदि, देखिए पनि आफै निको हुन्छ भन्ने भ्रम छ । तर हर्निया आफै निको हुने रोग होइन । पछिल्लो समय बालबालिकामा यो समस्या बढी देखिने गरेको पाइन्छ । यसको जति सक्दो चाँडो उपचार गर्नु पर्ने हुन्छ । यदि, ढिलो भएमा पछि समस्या हुन सक्छ ।
विकशित देशहरुमा शिशु जन्मनुभन्दा अगाडि समस्या छ कि छैनन् भनेर जाँच गर्दा कुनै समस्या देखिएमा फिट्ल सर्जरी गर्ने चलन छ । जसमा आमाको गर्भमा रहेको भ्रुणको सर्जरी हुन्छ । आमाको गर्भलाई काटेर भ्रणलाई बाहिर निकालेर सर्जरी गरेर पुनः पाठेघरमा राख्ने गरिन्छ । जुन गर्दा ल्याप्रोसकोपी सर्जरीबाट पनि गर्न सकिन्छ । तर नेपालमा त्यो सेवा नै छैन ।
सरकारी अस्पताल कान्ति बाल अस्पतालमा मात्र (पेडियाट्रिक सर्जन) छ । निजीमा इसान बाल तथा महिला अस्पताल पहिलो बाल शल्यचिकित्सक (पेडियाट्रिक सर्जन) भएको अस्पताल हो । विभिन्न अप्रेशन गरेको बालबालिकामा एक सय जनामध्ये ९५ जनामा केही समस्या हुँदैन । तर, पाँच जनामा रगतमा संक्रमण देखिन सक्छ । जोडिएको स्थानमा लिक हुन सक्छ । यदि सुरुको अवस्थामा नै सबै राम्रो भएको छ भने कुनै समस्या आउँदैन । तर, नियमित फ्लोप चाहिँ गर्नु पर्छ ।
गर्भवती महिलालले विभिन्न औषधिहरू आफूखुसी खानु हुँदैन । धुम्रपान र मद्यपान गर्नु हुँदैन । रेडिएसन विकिरणबाट बच्नु पर्छ । पोसिलो खानेकुरा खानुपर्छ ।
(इसान बाल तथा महिला अस्पतालका वरिष्ठ बाल शल्य चिकित्सक (पेडियाट्रिक सर्जन) डा. चौधरीसँग सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)










सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया