‘बालबालिकाको जटिल उपचार गर्न काठमाडौँ धाउनु पर्ने बाध्यता छ’
बालबालिकामा हर्नियाको समस्या बढ्दैछ

काठमाडौँ । नवजात शिशुलाई कतिपय समस्याहरू जन्मजात नै देखिने हुन्छ । यदि, तपाईको पहिलो बच्चामा जन्मजात ढाडमा कुनै मासुको डल्लाहरू वा पानीको फोका आउनेलगायतका समस्या देखिएको थियो भने दोस्रो बच्चामा त्यस्तो समस्या देखिने सम्भावना बढी हुन्छ ।
यस्ता समस्या आउन नदिन फोलिक एसिड र आइरन गर्भवती हुनुभन्दा पहिला लिनु पर्ने हुन्छ । यसरी समयमै लिएमा दोस्रो बच्चामा ढाडमा कुनै मासुको डल्लाहरू वा पानीको फोका देखिने समस्याबाट जोगाउन सकिन्छ ।
नवजात शिशुहरूमा देखिएको टिउमरको समस्या लिएर आउने गर्छन् । यदि, नवजात शिशुमा मासु पलाउने समस्या आमाले गर्भ अवस्थामा नियमित जाँच गरेको छ, भने त्यो समयमा थाहा हुन्छ । समयमा नै हुनेवाला आमा बुबालाई गर्भको बच्चामा समस्याको बारेमा जानकारी दिन सकिन्छ ।
कतिपय भु्रणमा छोरा हो वा छोरी हो छुट्याउन गाह्रो हुन्छ । तर छुट्याउन गाह्रो हुँदैमा सबै तेस्रो लिङ्गी हुदैनन् । त्यस्तो बच्चाको उपचार गरेर छोरा कि छोरी छुट्याउन सकिन्छ । अर्को बालबालिकाहरूमा बढी लिएर आउने आन्द्रामा नसाको कमीको समस्या लिएर आउने गरेका छन् ।
नेपालको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा १८ वर्षसम्मका बालबालिकाले ओगटेका छन् । तर, ती बालबालिकाको शल्य उपचार गर्ने बाल शल्य चिकित्सक (पेडियाट्रिक सर्जन) निकै कम छन् । जुन बढी काठमाडौँ केन्द्रित छन् । सरकारले सबै प्रदेशमा बाल अस्पताल स्थापना गरे मात्र बालबालिकाको उपचारका लागि काठमाडौँ धाउनु पर्दैन थियो ।
बाहिरी जिल्लाबाट विरामी बच्चालाई उपचारका लागि एम्बुलेन्समा राखेर ल्याउँदा धेरै जटिल अवस्था भइसकेको हुन्छ । एम्बुलेन्समा बालबालिकाका लागि न भेन्टिलेटर राम्रो छ न आईसियु नै । बालबालिकालाई निकै जोखिम मोलेर अस्पतालसम्म ल्याएको हुन्छ ।
धेरैलाई बालबालिका हर्नियाको समस्या देखिदैन भनेको पाइन्छ । यदि, देखिए पनि आफै निको हुन्छ भन्ने भ्रम छ । तर हर्निया आफै निको हुने रोग होइन । पछिल्लो समय बालबालिकामा यो समस्या बढी देखिने गरेको पाइन्छ । यसको जति सक्दो चाँडो उपचार गर्नु पर्ने हुन्छ । यदि, ढिलो भएमा पछि समस्या हुन सक्छ ।
विकशित देशहरुमा शिशु जन्मनुभन्दा अगाडि समस्या छ कि छैनन् भनेर जाँच गर्दा कुनै समस्या देखिएमा फिट्ल सर्जरी गर्ने चलन छ । जसमा आमाको गर्भमा रहेको भ्रुणको सर्जरी हुन्छ । आमाको गर्भलाई काटेर भ्रणलाई बाहिर निकालेर सर्जरी गरेर पुनः पाठेघरमा राख्ने गरिन्छ । जुन गर्दा ल्याप्रोसकोपी सर्जरीबाट पनि गर्न सकिन्छ । तर नेपालमा त्यो सेवा नै छैन ।
सरकारी अस्पताल कान्ति बाल अस्पतालमा मात्र (पेडियाट्रिक सर्जन) छ । निजीमा इसान बाल तथा महिला अस्पताल पहिलो बाल शल्यचिकित्सक (पेडियाट्रिक सर्जन) भएको अस्पताल हो । विभिन्न अप्रेशन गरेको बालबालिकामा एक सय जनामध्ये ९५ जनामा केही समस्या हुँदैन । तर, पाँच जनामा रगतमा संक्रमण देखिन सक्छ । जोडिएको स्थानमा लिक हुन सक्छ । यदि सुरुको अवस्थामा नै सबै राम्रो भएको छ भने कुनै समस्या आउँदैन । तर, नियमित फ्लोप चाहिँ गर्नु पर्छ ।
गर्भवती महिलालले विभिन्न औषधिहरू आफूखुसी खानु हुँदैन । धुम्रपान र मद्यपान गर्नु हुँदैन । रेडिएसन विकिरणबाट बच्नु पर्छ । पोसिलो खानेकुरा खानुपर्छ ।
(इसान बाल तथा महिला अस्पतालका वरिष्ठ बाल शल्य चिकित्सक (पेडियाट्रिक सर्जन) डा. चौधरीसँग सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)
















कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया