विप्लवका प्रवक्ताले भने– देउवा सरकारको आयु ६ महिना वा एक वर्ष
एमसीसीबिरूद्ध बिप्लवकाे वृहत्त प्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले शेरबहादुर देउवा नेतृत्वको सरकारको आयु बढीमा एक वर्ष रहेको बताएका छन् ।
अमेरिकी सहयोग परियोना एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रकाण्डले देउवा नेतृत्वको सरकारको आयु ६ महिना वा एक वर्ष भएको बताए ।
प्रधानमन्त्री देउवा नेतृत्वको सरकार धेरै आन्तरिक संकटबाट ग्रस्त भएपछि बनेको र यसको आयु ६ महिना वा एक वर्षको हो भन्ने कुनै ठेगान नरहेको उनले बताए ।
सरकारले राष्ट्रघाती एमसीसी पास गरेर कुनै मुर्खता नगरोस् भन्ने चाहेको उनको भनाइ थियो । देउवा सरकारले हाउसमा पेश गर्ने एमसीसी भन्ने योजना फिर्ता लिनुपर्छ । –प्रकाण्डले भने ।
एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेका विप्लव नेकपाले निश्कर्ष निकालेको छ ।
पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाण्डले तीन/चार वर्षअघि नै एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको उल्लेख गरे ।
सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाउँदै नेता प्रकाण्डले यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीलाई स्वीकार्य नहुने बताए । सबै नेपाली नागरिकहरु यसविरुद्ध आन्दोलित भइरहेको बेलामा पनि विभिन्न प्रपञ्च रचेर सरकारले एमसीसी पास गर्न लागेको उनको भनाइ थियो ।
एमसीसी मुर्खता गरेर पनि पास गरिएमा देश जल्ने र देशमा आन्दोलनको आगो लाग्ने उनले चेतावनी दिए ।
सरकारले संसद बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेकोले आफ्नो पार्टीले एक हप्ते संघर्षको कार्यक्रम राखेको प्रकाण्डले जानकारी दिए । एमसीसीविरुद्ध भदौ २८ गते काठमाडौंमा वृहत्त प्रदर्शन गरिने प्रवक्ता प्रकाण्डले बताए ।
















घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ
नेपाली क्लाइम्बिङ टोली चीन जाने
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया