सोमबार, जेठ ५, २०८२

गुजरातका मुख्यमन्त्रीको राजीनामा

मेरोन्यूज २०७८ भदौ २६ गते १६:२७

काठमाडौं । भारतको गुजरातका मुख्यमन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री विजय रुपानीले शनिबार राजीनामा दिएका हुन् ।

आगामी वर्ष गुजरातमा हुन लागेकाले विधानसभा चुनावको एक वर्षअघि नै रुपानीले राजीनामा दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनले सन् २०१६ अगस्ट ७ मा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय जनता पार्टी (भाजपा)का हुन् ।

पार्टीले आफूलाई ५ वर्षका लागि मुख्यमन्त्रीको जिम्मेवारी दिएको र आफूले त्यो पुरा गरेको बताएका छन् ।

भाजपाले गुजरातमा १८२ सिटमध्ये ९९ मा जीत हासिल गर्दै बहुमत प्राप्त गरेको थियो ।

प्रतिक्रिया