गोन्जालोलाई रिहा गर्न नेपालका कम्युनिष्ट नेताहरुको माग

काठमाडौं । नेपाली कम्युनिष्ट नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कम्युनिष्ट विचारधाराका नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका हुन् ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले गोल्जालो नेपालको कम्युनिष्ट आन्दोलनको पनि प्रेरणाको श्रोत भएकोले रिहाइ गर्नुपर्ने बताए ।
उनले गोल्जालो गिरफ्तार भएपछि कम्युनिष्ट आन्दोलन नै कमजोर भएको महशुस गरेको उल्लेख गरे । पेरु कम्युनिस्ट पार्टीका अध्यक्ष गोल्जालो अमानवीय ब्यवहार भइरहेको भन्दै गजुरेलले गोन्जालोको गिरफ्तारपछि विश्व कम्युनिष्ट आन्दोलनको धक्का खाएको अनुभव गरेको बताए ।
नेपालमा कम्युनिष्ट आन्दोलन शुरु गर्दा धेरै पेरुको कम्युनिष्ट पार्टीको डकुमेण्ट ल्याएर अध्ययन गरेको पनि गजुरेलले स्मरण गरे ।
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देव गुरुङले पेरु कम्युनिस्ट पार्टीको नेतृत्वमा जनयुद्ध संसारका क्रान्तिकारीको लागि प्रेरणाको स्रोत र कम्युनिस्ट पार्टीको अंग भएको बताए । अमेरिकी साम्राज्यवाद कमजोर भएमात्रै गोञ्जालो रिहाई हुन सम्भव भएको भन्दै गुरुङले साम्राज्यवाद विरोधी मोर्चा शसक्त बनाउनु पर्नेमा जाेड दिए ।
त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले गोञ्जालोले करिव ३० वर्ष लामो जेल जीवन बिताइरहेकोले पेरु सरकारले तत्काल रिहाइ गर्नुपर्ने माग राखे ।
त्यस्तै कार्यक्रममा जनवादी गायक जीवन शर्माले गोन्जालो संसारभरका क्रान्तिकारी नेताहरुको र सर्वाहारा क्रान्तिको हिरो भएकोले उनको तत्काल रिहाइ हुनुपर्ने बताए ।
अहिले गोन्जालो प्रतिक्रिया र साम्राज्यवादीहरुको पिञ्जडामा रहँदा पनि साम्राज्य र सामन्तवादका अघि नझुक्ने शीर बोकेर बसेको शर्माले बताए । गोन्जालोलाई जेलमा थुनेपनि उहाँको क्रान्ति, सोच र विचार विश्वका कम्युनिष्टहरुबाट नहराउने जनवादी गायक शर्माको भनाइ थियो ।
















नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया