प्रहरीले बाड्यो एघार लाखलाई निःशुल्क मास्क

काठमाडौं । नेपाल प्रहरीले मास्क नलगाइ हिँड्ने ११ लाख बढी नागरिकलाई मास्क निःशुल्क रूपमा उपलब्ध गराएको छ । गएको वैशाखयता (दोस्रो भेरियन्टको कोरोना सङ्क्रमण)को अवधिमा यसरी मास्क वितरण गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए।
प्रहरीले उक्त अभियान ७७ वटै जिल्लामा सञ्चालन गरेको थियो । काठमाडौँका विभन्नि सडकमा हेल्प डेस्क नै राखेर मास्क वितरणका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । जिल्लामा पनि कार्यक्रम नै आयोजना गरी मास्क वितरण गरिएको जनाइएको छ ।
मुख्यगरी कोभिड–१९ सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका प्रहरीले मास्क वितरण अभियानकै रूपमा चलाइएको हो । “मानिसले मास्क नलगाई हिँड्ने गरेको देखियो, मास्क नलगाउनेलाई छिट्टै सङ्क्रमण हुने चिकित्सकको भनाइअनुसार मास्क वितरण थालिएको हो । यसले मानिसमा मास्क लगाउनुपर्छ भन्ने चेतनाको विकास पनि हुने हुँदा अभियान चलिएको हो”, प्रवक्ता कुँवरको भनाइ छ ।
प्रहरीले गएको वैशाख ६ पछि ‘तपाईंको मास्क खोई ’ कार्यक्रमअन्तर्गत मास्क वितरण थालेको थियो । आज मात्रै २ हजार ५८६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । हालसम्म जम्मा ११ लाख १८ हजार २१२ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै रु’ अभियान चलाएको हो । यस्तै पछिल्ल्लो २४ घण्टामा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको नियम उल्लङ्घन गर्ने २५ जनालाई रु दुई हजार ५०० जरिवाना गरिएको छ ।
सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने एक हजार २९३ जनालाई सचेत गराइएको छ । देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ४४ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत चार हजार ९७३ जना सहभागी रहेको जनाइएको छ । (रासस)
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Protected: यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया