प्रहरीले बाड्यो एघार लाखलाई निःशुल्क मास्क

काठमाडौं । नेपाल प्रहरीले मास्क नलगाइ हिँड्ने ११ लाख बढी नागरिकलाई मास्क निःशुल्क रूपमा उपलब्ध गराएको छ । गएको वैशाखयता (दोस्रो भेरियन्टको कोरोना सङ्क्रमण)को अवधिमा यसरी मास्क वितरण गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए।
प्रहरीले उक्त अभियान ७७ वटै जिल्लामा सञ्चालन गरेको थियो । काठमाडौँका विभन्नि सडकमा हेल्प डेस्क नै राखेर मास्क वितरणका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । जिल्लामा पनि कार्यक्रम नै आयोजना गरी मास्क वितरण गरिएको जनाइएको छ ।
मुख्यगरी कोभिड–१९ सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका प्रहरीले मास्क वितरण अभियानकै रूपमा चलाइएको हो । “मानिसले मास्क नलगाई हिँड्ने गरेको देखियो, मास्क नलगाउनेलाई छिट्टै सङ्क्रमण हुने चिकित्सकको भनाइअनुसार मास्क वितरण थालिएको हो । यसले मानिसमा मास्क लगाउनुपर्छ भन्ने चेतनाको विकास पनि हुने हुँदा अभियान चलिएको हो”, प्रवक्ता कुँवरको भनाइ छ ।
प्रहरीले गएको वैशाख ६ पछि ‘तपाईंको मास्क खोई ’ कार्यक्रमअन्तर्गत मास्क वितरण थालेको थियो । आज मात्रै २ हजार ५८६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । हालसम्म जम्मा ११ लाख १८ हजार २१२ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै रु’ अभियान चलाएको हो । यस्तै पछिल्ल्लो २४ घण्टामा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको नियम उल्लङ्घन गर्ने २५ जनालाई रु दुई हजार ५०० जरिवाना गरिएको छ ।
सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने एक हजार २९३ जनालाई सचेत गराइएको छ । देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ४४ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत चार हजार ९७३ जना सहभागी रहेको जनाइएको छ । (रासस)














हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया