मर्यादापालकहरू आफ्नो स्थानमा बस्नु पर्छ : केपी ओली
मेरोन्यूज
२०७८ भदौ २७ गते १३:१५

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा मर्यादापालकहरू आफ्नो स्थानमा बस्नु पर्ने बताएका छ । आज बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले मयादापालकहरू आफ्नो स्थानमा बस्नु पर्ने बताएका हुन् ।
बैठकमा बोल्दै अध्यक्ष ओलीले संसदभित्र सरकार प्रतिपक्षी दलसँग मुठभेट गर्न मात्रै खोजेको आरोप लगाए । उनले सरकार जनताको काममा नभई प्रतिपक्षीसँग मैदानमा उत्रिन खोजेको आरोप लगाए ।
‘म सत्ता पक्षलाई भन्न चाहन्छु, हामीसँग मुठभेटमा उत्रिने काम नगरोस्, हामी पनि आफ्नै नीति नियमा बसी काम गर्दछौँ,’ उनले भने, ‘संसदमा व्यक्तिगत रिसिवी लिने होइन ।’
यस्तै, उनले सरकार कुन बाटो जान लागेको हो भनेर प्रश्न गरेका थिए । उनले भने, ‘दुई महिना भयो, जनताको पक्षका के काम गरे ? विकासको काम कहाँ गए ?’
सम्बन्धित
















पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया