जो संसदमा सभामुखविरुद्ध नाराबाजी गर्न अगाडि देखिए

काठमाडौँ । केही दिनयता नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा नाराबाजी र होहल्ला गर्दै आएको छ । संसद बैठक चल्न नदिने रणनीतिका साथ एमालेले लगातार संसदमा नाराबाजी जारी राखेका छन् ।
भदौ २३ गतेबाट शुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशनलाई एमालले चल्नै नदिने रणनीति बनाएपनि त्यहीबीचमा केही महत्वपूर्ण अध्यादेशहरु पास भइसकेका छन् ।
अवरोधकैबीच सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेटसमेत संसदमा पेश गरिसकेको छ ।
संसदको नवौं अधिवेशन शुरु भएदेखि नै एमालेले पार्टी फुटाउने अध्यादेश ल्याएर सभामुखले एमाले फुटाउन भूमिका खेलेको आरोप लगाउँदै आएको छ ।
नेकपा एमालेबाट विभाजित भई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा गएका १४ जना सांसदलाई संसदमा रोक्ने एमाले रणनीति असफल भएको छ ।
निर्वाचन आयोगबाट नयाँ पार्टीको मान्यता पाइसकेका सांसदहरुलाई आफूले कारबाही गरेकाले संसद बैठकमा रोक्नुपर्ने माग एमालेले गर्दै आएको छ ।
बैठक शुरु भएदेखि नै मुर्दाबादको नारा लगाउने गरेका एमाले सांसदहरुले आलोपालो गरेर नारा लगाइरहेका छन् । तर संसदमा उग्र नारा लगाउनेमा एमाले सांसद महेश बस्नेत र निरुदेवी पाल देखिन्छन् । जसले सभामुखविरुद्ध नै मुर्दावादको नारा भट्याइरहेका छन् ।
बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा निकट मानिन्छन् । उनी तत्कालिन युवा संघ तथा युथफोर्सको अध्यक्षसमेत थिए । पार्टीमा विवाद उत्पन्न भएकाबेला उनै बस्नेत तत्कालिन ओली गुटको कार्यक्रममा देशैभर पुगे ।
सभामुखविरुद्ध नै मुर्दावादको नारा घन्काउने अर्की सांसद पाल पनि युवा संगठन हुँदै संसदमा प्रवेश गरेकी हुन् । बस्नेतपछि युवा संघको नेतृत्व गरेकी उनी पार्टी अध्यक्ष ओलीकै कृपाले संसदको टिकट पाएकी थिइन् ।
संसदमा सभामुखविरुद्ध नै यस्ता नारा लगाउन नपाउनै संसदीय विधानमा उल्लेख छ । तर बस्नेत र पाल लगायतका सांसदहरुले सभामुखविरुद्ध नै नाराबाजी गर्न अगाडि देखिएका छन् ।
















पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
बजाजको क्यूआर क्याम्पेन: एक स्क्यानमै चम्किनेछ भाग्य
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया