करिब ७६ लाख रूपैयाँ हिनामिना गर्नेमाथि कारबाहीको माग
मेरोन्यूज
२०७८ भदौ २७ गते १७:३३

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एसआरडी कन्स्ट्रक्सनका सञ्चालक रमेश पराजुली र सन्दिप केसीमाथि ७५ लाख ८० हजार बिगो दाबी गरी कारबाही माग गरेको छ ।
नवलपरासी (पश्चिम) सुनवल नगरपालिकाअन्तर्गत पानभार खोलामा आर्थिक वर्ष २०७५-०७६ मा नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्कामा मापदण्ड विपरीत उत्खनन गरेको भन्दै उनीहरूमाथि आयोगले बिगो दाबीसहित कारबाहीको माग गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
उनीहरूले राजस्व छली गरेको भन्ने उजुरीमा अनुसन्धान हुँदा फर्जी बिल प्रयोग गरी ७५ लाख ८० हजार ६४९ रूपैयाँ हिनामिना गरेको देखिएको हो । उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कारबाही हुने आयोगले जनाएको छ ।
सम्बन्धित















कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया