आइतबार, चैत २९, २०८२

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

मेरोन्यूज २०८२ चैत २७ गते २१:३०

लेखनाथ (कास्की)- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र अनुशासनको खाँचो भएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखाको व्यवस्थापनमा आज पोखरामा आयोजित ‘निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “एक वर्षपछिको स्थानीय र प्रदेश निर्वाचनलाई ध्यान दिँदै कठिन मेहनत गर्नुपर्ने छ ।”

संसारभरि ‘पपुलिजम’ र नयाँ मिडियाका कारण पुराना राजनीतिक पार्टी अप्ठ्यारोमा परेको बताउँदै उनले सबैतिर राजनीतिक र आर्थिक उदारवाद आवश्यक देखिएको उल्लेख गरे ।

त्यसैगरी उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयन भएकै कारण विधि मिच्यो भनेर अदालतमा जानुको कुनै औचित्य नभएको बताउँदै अब एक ढिक्का भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने बारेमा चिन्तन गर्न नेताहरु लाग्नुपर्नेमा जोड दिए ।

थापाको नेतृत्वलाई अगाडि बढाउँदै कांग्रेसले आफ्नो कार्ययोजना अघि बढाउनुपर्ने उनको भनाइ थियो । महामन्त्री प्रदीप पौडेलले निर्वाचनको परिणामलाई समीक्षा गर्दै सच्चिएर जाने मौका मिलेको बताए। उनले पार्टीभित्र सुधार गर्नुपर्ने विषय खोज्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया