नेपाल र बंगलादेशको खेल बराबरीमा सकियो

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बराबरी खेलेको हो ।
घरेलु मैदानमा भएको खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।
बंगलादेशविरुद्ध नेपालले खेलेका कुल नौं अन्तराष्ट्रिय खेल मध्येबाट यो दोस्रो बराबरी नतिजा हो । बाँकी सबै सात खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नवौं मिनेटमा अमृता जैशीको प्रहार बंगलादेशकी गोलकिपर रुप्ना चक्माले मुश्किलले नियन्त्रणमा लिएर विफल पारेकी थिइन् ।
३० औं मिनेटमा बंगलादेशकी श्रीमोती सरकारले प्रहार गरेको बल क्रस बारको माथि लागेर बाहिरिएको थियो ।
यस्तै खेलको ६७ औं मिनेटमा बंगलादेशकी कप्तान सबिना खातुनको फ्रिकिक नेपालकी गोलकिपर अन्जनाले सहजै नियन्त्रणमा लिन सफल भएकी थिइन् । त्यसपछिको बाँकी समयमा दुबै टोलीले गोलका लागि राम्रा अवसर बनाए पनि सदुपयोग गर्न चुके । खेलमा नेपालकी गीता राना मोस्ट भ्यालुएबल खेलाडी घोषित भइन् ।
पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।
यसअघि २०१९ मा भएको ओलम्पिक छनोटमा पनि नेपालले बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो ।
नेपाल र बंगलादेश अब एएफसी महिला एसियन कप छनोट खेल्न उज्वेकिस्तान जाँदैछन् । एएफसी महिला एसियन कप छनोट खेलमा नेपाल रहेको समूह एफ फिलिपिन्स र हङकङ पनि रहेको छ ।
नेपालले आगामी असोज २ गते पहिलो खेल फिलिपिन्ससँग खेल्दैछन भने दोस्रो खेल असोज ५ गते हङकङसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली आगामी वर्ष वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया