प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण

काठमाडौँ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन बुझाइएको छ । उनलाई प्रदेश आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले नेपालको संविधानको धारा २४४ बमोजिम स्थापित लोकसेवा आयोग ऐन, २०७६ को दफा ४९ बमोजिम दोस्रो सम्पादित कार्यको प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा आयोगको परिचय, कार्य सम्पादनका आधार, प्रशासनिक, वित्तीय तथा भौतिक प्रगति, परीक्षण प्रविधि, शैक्षिक योग्यता तथा पाठयक्रम, विज्ञान र दर्खास्त, परामर्श, संस्थागत सुधार तथा प्रविधिको प्रयोग, निर्णय तथा कार्यान्वयनको अवस्था, एवं ध्यानाकर्षण र सुझाव समेटिएको छ । उक्त अवधिमा प्रदेश लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७७ स्वीकृति, प्रदेश लोकसेवा आयोग (खर्च व्यवस्थापन) कार्यविधि, २०७७ स्वीकृत, प्रदेश लोकसेवा आयोगका पदाधिकारी, कर्मचारी, एवं दक्ष विज्ञ तथा विशेषज्ञको आचारसंहिता २०७७ स्वीकृत, विभिन्न सेवा समूहका पदका ५९ पाठ्यक्रम निर्माण गर्ने कार्य सम्पन्न गरिएको छ ।
यसैगरी, अन्य सम्पादित कार्यमा विभिन्न १३२ पदका लागि विज्ञापन प्रकाशन र २० हजार १२० दर्खास्त संकलन, ४४ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन, ९१ विभिन्न महत्वपूर्ण निर्णय, विभिन्न विषयमा तीन वटा परामर्श प्रदान, ६५ प्रतिशत वित्तीय प्रगति, अनलाइन सफट्वेयर जडान र आव २०७८–७९ का लागि पदपूर्तिसम्बन्धी वार्षिक कार्य तालिका प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ ।
प्रदेश प्रमुख प्यासीले प्रतिवेदन ग्रहण गर्दै सम्पूर्ण नागरिकमा अहिलेसम्म लोकसेवा आयोग निष्पक्षता सम्बन्धमा कुनै शंका नरहेकाले यसलाई सदैव जोगाइराख्न आग्रह गरे । उनले सदाचार र अनुशासित संस्थाका रुपमा रहेको आयोगको निष्पक्षताले दर्खास्तकर्ता नागरिकमा प्रतिस्पर्धा र उत्साह जागृत गराएकाले यसभित्र रहेका विभिन्न समस्यालाई समाधान गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
आयोगका अध्यक्ष भट्टराईले यस वर्ष अनलाइन दर्खास्त संकलनको व्यवस्था शुरु गरेको जानकारी दिँदै खाली भएका दरबन्दी माग भए पनि सम्बन्धित निकायबाट समयमा नआउनाले समस्या भएको बताए ।











सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
रवि–बालेन सहमतिपछि सेयर बजारमा उछाल
वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
प्रतिक्रिया