गजुरेलले भने– नेपाललाई विदेशीको रणभूमि बनाउन दिँदैनौं
मेरोन्यूज
२०७८ भदौ २८ गते १५:३२

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले कुनै पनि हालतमा नेपाललाई विदेशीको रणभूमि बनाउन नदिने बताएका छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौंको खुलामञ्चमा आयोजित एमसीसीविरुद्धको सभामा बोल्दै गजुरेलले एमसीसीकाे नामबाट देशलाई विदेशीको रणभूमि बनाउन नदिने बताए ।
सिरियामा जसरी विदेशीहरुको आक्रमण भइरहेको छ, त्यसरी नेपाललाई सिरिया बनाउन दिन तयार नभएको गजुरेलले बताए ।
सबै देशभक्त एक हुन पनि नेता गजुरेलले आह्वान गरेका छन् । उनले विप्लव नेतृत्वको नेकपा र आफ्नो पार्टीबीच कहिले एकता हुन्छ भनेर जनताले सोधिरहेको पनि उनले बताए ।
विप्लवसँग मात्र नभई सबै क्रान्तिकारी देशभक्तहरु एक हुनुपर्ने भन्दै उनले सोही मञ्चबाट संसद बाहिरको क्रान्तिकारी पार्टीहरुबीच एकताका लागि आग्रह गरे ।
सम्बन्धित
















संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया