सोमबार, पुष ७, २०८२

चीनबाट कोभिड १९ विरुद्धको ४४ लाख डोज खोप यसै साता ल्याइँदै

मेरोन्यूज २०७८ भदौ २८ गते १६:०६


काठमाडौं । कोभिड १९ विरुद्धको थप ४४ लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले यो साताभित्रै सरकारले चीनसँग खरिद गरेकोमध्येको ४४ लाख डोज भेरोसेल खोप आइपुग्ने जानकारी दिए ।


सरकारले पछिल्लोपटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख डोज आइसकेको छ भने बाँकी ४४ लाख डोज खोप यो साता ल्याउन लागिएको उनले बताए ।

खोप लिन नेपाल वायुसेवा निगमको जहाज भदौ ३० गते चीन जाने र ३१ गते फर्किने तालिका रहेको छ । यसअघि चीनबाट अनुदानमा र खरिद गरी जम्मा ७४ लाख डोज भेरोसेल खोप ल्याइएको थियो ।

प्रतिक्रिया