चीनबाट कोभिड १९ विरुद्धको ४४ लाख डोज खोप यसै साता ल्याइँदै
मेरोन्यूज
२०७८ भदौ २८ गते १६:०६

काठमाडौं । कोभिड १९ विरुद्धको थप ४४ लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले यो साताभित्रै सरकारले चीनसँग खरिद गरेकोमध्येको ४४ लाख डोज भेरोसेल खोप आइपुग्ने जानकारी दिए ।
सरकारले पछिल्लोपटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख डोज आइसकेको छ भने बाँकी ४४ लाख डोज खोप यो साता ल्याउन लागिएको उनले बताए ।
खोप लिन नेपाल वायुसेवा निगमको जहाज भदौ ३० गते चीन जाने र ३१ गते फर्किने तालिका रहेको छ । यसअघि चीनबाट अनुदानमा र खरिद गरी जम्मा ७४ लाख डोज भेरोसेल खोप ल्याइएको थियो ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया