एएफसी महिला एसियन कपका नेपाली खेलाडीको बिदाई

काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगितामा सहभागि हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज बिदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फ) ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली टोलीलाई विदाई गरेको हो । टोली सोमवार राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदैछ । छनोट खेल्न जानुअघि नेपालले त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बंगलादेशलाई आतिथ्यता गर्दै दुई अभ्यास खेल खेलेको थियो ।
सोही खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै छनोट खेलबाट सुखद नतिजा लिएर नेपाल फर्किने नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले बताइन् ।
छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिमको घोषणा गर्दा डिफेन्डर पुनम जर्घामगर भने उज्वेकिस्तानको भ्रमण गुमाउने छन् । मुटुको समस्या देखिएपछि पुनम टोली भन्दा बाहिर रहेकी हुन् ।
मैत्रीपूर्ण खेलले महिला टोलीलाई आपसमा बुझ्नलाई सहयोग मिलेको छनोट खेल नेपालका लागि ठूलो मौका भएका भएको फिलिप्सले बताए । कुनै पनि खेलाडीमा चोट नभएकाले प्रदर्शन राम्रो गर्ने अपेक्षा फिलिप्सले थपे ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपालसँगै हङकङ र फिलिपिन्स रहेका छन । नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यस्तै नेपालको दोस्रो खेल असोज ५ गते हङकङसँग हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।









इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया