एएफसी महिला एसियन कपका नेपाली खेलाडीको बिदाई

काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगितामा सहभागि हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज बिदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फ) ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली टोलीलाई विदाई गरेको हो । टोली सोमवार राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदैछ । छनोट खेल्न जानुअघि नेपालले त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बंगलादेशलाई आतिथ्यता गर्दै दुई अभ्यास खेल खेलेको थियो ।
सोही खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै छनोट खेलबाट सुखद नतिजा लिएर नेपाल फर्किने नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले बताइन् ।
छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिमको घोषणा गर्दा डिफेन्डर पुनम जर्घामगर भने उज्वेकिस्तानको भ्रमण गुमाउने छन् । मुटुको समस्या देखिएपछि पुनम टोली भन्दा बाहिर रहेकी हुन् ।
मैत्रीपूर्ण खेलले महिला टोलीलाई आपसमा बुझ्नलाई सहयोग मिलेको छनोट खेल नेपालका लागि ठूलो मौका भएका भएको फिलिप्सले बताए । कुनै पनि खेलाडीमा चोट नभएकाले प्रदर्शन राम्रो गर्ने अपेक्षा फिलिप्सले थपे ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपालसँगै हङकङ र फिलिपिन्स रहेका छन । नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यस्तै नेपालको दोस्रो खेल असोज ५ गते हङकङसँग हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया