मैत्रीपूर्ण खेल नै निराशाजनक

काठमाडौं । बंगलादेश महिला फुटबल फिफा वरियतामा नेपाल भन्दा तल छ । दशरथ रंगशालामा नेपाली महिला फुटबल टोलीको बढाउने र अभ्यस्त बनाउनका लागि डाकिएको बंगलादेशसँग अपेक्षा अनुसारको खेल देखाउन सकेन । जुन अहिले आलोचना भइरहेको छ ।
दुई मध्येको पहिलो मैत्रिपूर्ण खेलमा नेपालले सुखद नतिजा निकाले पनि दोस्रो खेलमा भने नेपालले निराशाजनक बराबरी खेल्दा एएफसी छनोट खेलका लागि तयारी अपूरो देखिएको छ ।
नेपालले आयोजना गरेका दुई मैत्रिपूर्ण खेल मध्ये पहिलो खेलमा नेपालले बंगलादेशलाई २–१ ले हरायो । नतिजा नेपालको पक्षमा भए पनि बंगलादेशले फर्काएको एक गोल उसका लागि ऐतिहासिक बन्यो । किनभने नेपालसँग अहिलेसम्म भएका ९ भेटमा बंगलादेशले दोस्रो गोल फर्काएको थियो ।
त्यसो त यसअघि हुने भेटमा नेपालले फराकिलो अन्तरले बंगलादेशलाई पराजित गर्दै आएको थियो । एएफसी एसियन कप छनोट खेल्न लागेको नेपाली महिला टोलीबाट यो किसिमको नतिजा मात्र अपेक्षा गरिएको थिएन ।
दशरथ रंगशालामा उत्कृष्ट खेल देखाउँदै हङकङ र फिलिपिन्ससँगको खेलमा कडा चुनौति दिनेमा आम समर्थकको विश्वास थियो । तर बंगलादेशसँगको खेल पछि भने नेपाली समर्थकले अपेक्षा अनुसारको प्रदर्शनको आशा गर्नु व्यर्थ हुने देखिन्छ ।
आइतबार नेपालले गोलरहित बराबरी खेल्दा बंगलादेशको टोलीका लागि अर्को नयाँ इतिहास बन्यो । दक्षिण एसियाको बलियो प्रतिद्वन्द्वमा गनिने नेपाललाई रोक्दै बंगलादेशले पहिलो भन्दा दोस्रो खेलमा सुधारिएको खेल देखायो । यही अपेक्षा नेपाली टोलीमा पनि गरिएको थियो ।
तर पहिलो भन्दा पनि दोस्रो खेलमा नेपाली महिला टोलीले सोँचे जस्तो प्रदर्शन गर्न सकेन । अपेक्षा अनुसारको खेल देखाउन नसकेको महिला फुटवल टोलीका पूर्व प्रशिक्षक हरी खड्काले औल्याए । उनले एएफसी छनोट खेलमा कमीकमजोरी सुधार गर्दै खेल्ने बताए ।
त्यसो त अहिले नेपाली टोलीमा मुख्य स्ट्राइकर सावित्रा भण्डारी उपस्थित छैनन् । घुँडाको शल्यक्रिया गराएकासावित्राको अनुपस्थितिमा मैत्रीपूर्ण खेल्दा नेपाली अपेक्षा अनुसार खेल्न सकेन । यही क्रममा अर्की नियमित खेलाडी पुन जर्घामगरलाई पनि नेपाली टोलीले गुमाउन प¥यो ।
खेलअघि गरिएको स्वास्थ्य परिक्षणमा नेपाली टिमकी नियमित रक्षक पुनम जर्घा मगरको मुटुमा समस्या देखिएको थियो ।
दुई मैत्रीपूर्ण खेलबाट दुई टोलीको तुलना गर्दा बंगलादेशले नेपाल भ्रमणलाई सार्थक बनायो भने नेपालले मैत्रिपूर्ण खेलबाट सुधारको संकेत देखाउन केही चुकेको छ । नतिजा र दक्षिण एसियाको साख जोगाउन नेपाली महिला टोलीलाई एएफसी छनोट खेलमा अझै कसरत गर्नुपर्ने आवश्यक छ ।

















बाघ गणनामा प्रयोग गरिएका ६० क्यामेरा हराए
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड
विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रमकाे तालीका
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया